बर्दिया । नेपाली काँग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् । संस्थापन पक्षका राठौर प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
सभापति राठौरले प्रतिद्धन्द्धी चौधरीलाई २०२ मतान्तरले पराजित गरेको हो । राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो ।
सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा सोदे विष्ट र गोविन्द प्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
राठौर संस्थापन समूहका हुन् भने संस्थापनइतरका चौधरी लुम्बिनी प्रदेशका सांसद हुन् ।