अध्यादेश तत्काल खारेज गर्न स्वदेश र विदेशमा रहेका पेशाकर्मीहरुको माग
काठमाडौं–स्वदेश तथा विदेशमा रहेका विभिन्न पेशाकर्मीहरुले सरकारले मंगलबार जारी गरेको अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन्। वर्तमान केपी ओली सरकारले एकपछि अर्को कदम चाल्दै गरेको अवस्थामा पछिल्लो अध्यादेशको कदमले झनै अन्योल सिर्जना गरेको उनीहरुको भनाइ छ। ‘संवैधानिक परिषद्को बैठकमा सभामुखको अकारण अनुपस्थिति र राष्ट्रपतिबाट अध्यादेश जारीमा गरिएको हतारोले सभामुख र राष्ट्रपति जस्तो गरिमामय संस्थाहरुको...