लन्डन। नेपाली जनसम्पर्क समिति बेलायत(एनपीसीसी यूके)ले नेपालमा हाल भइरहेको प्रतिनिधि सभा बिघटनको बिरोध कार्यक्रमहरुप्रति हार्दिक ऐक्यवद्दता जाहेर गरेको छ ।
आज डिसेम्ब २८ मा एनपीसीसी यूकेका कार्यवाहक सभापति महेश कुमार दहालले एक वक्तव्य जारी गर्दै भनेका छन् – “करिब दुई तिहाईको बहुमत प्राप्त दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले गरेको प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कोंग्रेस केन्द्रद्द्वारा आजदेखि विभिन्न प्रदेशहरुमा आयोजना भइरहेको बिरोध प्रदर्शनप्रति नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) पूर्ण ऐक्यवद्दता जाहेर गर्दछ” ।
मन्त्री परिषदको सिफारिसमा गत डिसेम्बर २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेपछि नेपाली कांग्रेस लगायत धेरै जसो प्रतिपक्षी दलहरुले सो कदमको बिरोध गरिरहेका छन् ।
बिज्ञप्ति जस्ताको तेस्तै: