April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साउदीमा थप ९१ नेपालीले पाए बहिर्गमन भिसा

4.1K

दोहा- साउदी सरकारले थप ९१ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा) दिएको छ ।

यो प्रक्रियाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ९७ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि बहिर्गमन भिसा व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

Advertisement

बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो ।

बहिर्गमन भिसा लागेकालाई स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । अझै ठूलो सङ्ख्यामा बहिर्गमन भिसाका लागि निवेदन पारेकोले सोको सूची साउदी सरकारलाई बुझाएको र भिसा लाग्नसाथ नामावली प्रकाशन गरिने दूतावासले जनाएको छ ।