March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

कोरोनाको जोखिमबाट सावधानी अपनाउन दूतावास कतारको आग्रह

6K

कतार |कतारमा पनि नयाँ आएको कोरोना जोखिम बढ्न सक्ने भन्दै नेपाली श्रमिकलाई सावधानी अपनाउन नेपाली राजदूतावासले आग्रह गरको छ ।

कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु जस्तै तोकिएको संख्याभन्दा बढी हुने गरी भिडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न पर्व उत्सवहरु मनाउँदा समेत स्थानीय नियम कानून तथा संस्कृति अनुरुप मर्यादित ढंगले तथा भिडभाड नगरी मनाउन समेत दूतावासले आग्रह गरेको छ ।

कतारमा रहेकाे नेपाली दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।

Advertisement