April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

के एनआरएनए गएको अठार बर्ष विज्ञहरुले मात्रै चलाएका थिए ? – पुष्प थापा

8K

काठमाडौँ – गैर–आवासीय नेपाली संघ (एनआरएनए) का एक बरिष्ट अभियन्ता पुष्प थापाले एनआरएनएमा निरंकुश सोचाइ भएका व्यक्तिहरुको झुण्ड हावी भएको विचार प्रकट गरेका छन्। आज आफ्ना सामाजिक सञ्जालहरुमा आफ्ना अनुभव र धारणा पेश गर्दै उनले आफू र आफ्नो स्वार्थलाई केन्द्रमा राखेर अभियानमा लागेका निश्चित व्यक्तिहरुले संघलाई सधैं घाटामा पुर्याएको अभिव्यक्ति दिएका छन् ।

एनआरएनएको अन्तरराष्ट्रिय परिषदद्धारा हालै प्रस्तावित विधानको मस्यौदामा सन् २०१८ मा विधान सभाले तिरस्कृत गरेका बिषयहरु पेश भएको र त्यसो हुनुमा निश्चित व्यक्तिहरुको कुत्सित स्वार्थ रहेको आशंका व्यक्त गरेका छन् । उनले संस्थापन पक्षले भए नभएका पद सृजना गरी आफ्ना भरौटेहरुका लागि पदहरु सृजना गरेको, राष्ट्रिय परिषद (एनसीसी) हरुको अधिकार कटौति गरेको र आफूहरु मात्र सर्वमान्य हुन निषेधको नीति ल्याउन खोजेको आरोप लगाएका छन् ।

“के गएको १८ बर्षसम्म एनआरएनए बिज्ञहरुले मात्रै चलाएका हुन्? यसमा आम एनआरएनहरुको योगदान छैन?” – गएको केही बर्षदेखि संघमा केवल विज्ञहरुलाई मात्र अनावश्यक स्थान दिएको सन्दर्भ उनले कोट्याएका छन् । एनआरएनए जर्मनीका पूर्व अध्यक्ष थापाले भनेका छन् – “पुर्व अध्यक्ष डा. शेष घलेको कार्यकालमा तीन करोड नेपालीको मन मन्दिरमा आशाको केन्द्र बनेको एनआरएनए अहिले आन्तरिक कलह र खितातानीमा बल्झिनु धेरै नै दुखदायी हो । सिङ न पुच्छरको विधान तयार गर्न पर्ने पछाडिको नियत के हो?” – उनले मुट्ठी भरका व्यक्तिहरुको कब्जामा एनआरएनए बागडोर अब सिमित गर्न एनआरएनए निश्चित व्यक्तिहरुको सिन्डिकेटको रुपमा विकास हुने धारणा व्यक्त गरेका छन् ।

Advertisement

उनले हालैका बर्षहरुमा आएर एनआरएनएको ‘चार्म’ हराउनु, विश्व सम्मेलनमा पैसाको चलखेल हुनु र स्मार्ट एनआरएनए झन्झटिलो र अविस्वासको बन्दै जानुको दुखदको बिषय भएको विचार राखेका छन् ।