November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्रिको असंबैधानिक कदमका बिरुद्धमा संयुक्त बिरोध प्रदर्शन

4.3K

अमेरिका। प्रधानमन्त्रि केपी ओलीको असंबैधानिक कदमका बिरुद्धमा नेपाली संघसंस्थाहरुले संयुक्तरुपमा न्यु योर्क को ज्याक्सन हाइटमा एक बिरोध प्रदर्शन गरेका छन्।

उक्त प्रदर्शनकको संयोजकत्व नेपाली समाज अमेरीकाका अध्यक्ष समिर महर्जनले गरेका थिए। कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ अमेरीका, प्रवासी नेपाली एकता मन्च र नेपाली समाज अमेरिका लगायतका नेपाली संस्थाहरुको संयुक्त आयोजनामा भएको हो। प्रदर्शनमा सहभागीहरुले अधिनायकवाद स्वीकार्य छैन, संबिधान माथिको प्रहार इतिहास माथिको ठुलो अत्याचार जस्ता बिरोधका प्ले कार्डका साथ बिरोध प्रदर्शन गरेका थिए।

आयोजक संस्थाका बक्ताहरुले प्रधानमन्त्रि ओली र रास्ट्रपति बिद्या देवी भण्डारीको कदम जनताको निम्ति घातक रहेको ब्यक्त गरे भने उक्त कदम असंबैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आलोचना पनि गरे।

Advertisement