‘ओलीले कार्यशैली नसुधारे दुवै पदबाट हात हल्लाए हुन्छ’: माधवकुमार नेपाल
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्को विवाद यथावत नै छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन् : सोही पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। पार्टीभित्र विवादका क्रममा प्रधानमन्त्री ओलीको अमर्यादित व्यवहार भोगेका र उनको कार्यशैलीबाट रुष्ट नेता नेपाल...