November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अध्यादेश ल्याएसँगै कांग्रेसको आपत्ति, संवैधानिक परिषद् बैठकमा सभापति देउवा नजाने

2.2K

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसले सहमतिको वातावरण बिथोलेर राष्ट्रपतिले अध्यादेश जारी गरेको भन्दै आगामी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने बताएको हो। 

‘बिहानको बैठकमा सभापति जानुभएको हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अहिले अध्यादेश ल्याइसकेपछिको अवस्थामा पार्टीले ठोस निर्णय नगरेसम्म सभापति ज्यू बैठकमा जानु हुँदैन।’ 

प्रधानमन्त्री ओलीले आज बिहान नौ बजेको लागि बोलाएको संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या नपुगेपछि साँझ पाँचसम्मको लागि बैठक स्थगित गरेका थिए।

Advertisement