November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माओवादी द्वन्द्वकालकै झल्को दिने गतिविधि गर्दै नेत्रविक्रम चन्द नेतृत्व

2.7K

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका विभिन्न गाउँमा माओवादी सशस्त्र द्वन्द्वकालकै झल्को दिनेगरी विभिन्न गतिविधि गरिरहेको त्यहाँका गाउँलेहरूले बताएका छन्।

उक्त समूहले ‘जनसरकार, जनअदालत गठन, आधार इलाका निर्माण, खुला रूपमा दिनहुँजसो सभा-सम्मेलन, प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम’ गरिरहेको उनीहरूले बताएका छन्।

उक्त सङ्गठनका कार्यकर्ताले गाउँका झैँझगडाहरू स्थानीय तहको न्यायिक समिति र प्रहरीमा जान नदिएर आफैले मिलाउने, प्रक्रियामा हस्तक्षेप गरी व्यक्ति तोकेरै विद्यालयहरूमा शिक्षक नियुक्ति गर्न दबाब दिने, आफैले परीक्षा लिएर शिक्षक भर्ना गर्ने जस्ता काम पनि गर्दै आएको भुक्तभोगीहरूले बताएकाछन्।

Advertisement

“जाँडरक्सी, जुवातास नियन्त्रणजस्ता केही राम्रा काम पनि गरेका छन्,” उनीहरू भन्छन्, “तर विभिन्न आरोप लगाउँदै कतिलाई अनावश्यक दुःख पनि दिइरहेका छन्।”BBC