November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

थारू समुदायले न्याय पाउनुपर्छ : गगन थापा

2.2K

धनगढी – नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले टीकापुर घटनामा अन्यायमा परेका थारूहरूले न्याय पाउनुपर्ने बताएका छन्।

सोमबार नेपाली कांग्रेसले सरकारविरुद्ध गरेको विरोधमा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले टीकापुर घटनालाई नतन्काएर समाधान खोज्नुपर्ने बताए।

‘टीकापुर घटनामा अन्यायमा परेको थारू साथीहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छ,’ उनले प्रश्न गरे, ‘अहिलेको सरकारले यो बेलामा घटनालाई नतन्काएर समाधान खोज्नुपर्ने हैन? सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टीले के गरिरहेको छ?’ थापाले त्यसबेलाको घटनालाई नबिर्सिने र समाधान गरेर सबै समुदायमा सद्भाव कायम गर्नुपर्नेमा जोड दिए।

Advertisement

थारू समुदायलाई इंगित गर्दै थपे, ‘हिजो वीरभान चौधरीलाई मुख्यमन्त्री बनाउने भनेर भोट मागेको हैन कम्युनिस्टले ? यो प्रदेशका थारू साथीहरूले बुझ्नुपर्छ।’