काठमाडौं– मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेको विषयमा पार्टीमा कुनै छलफल नभएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्।
उनले आफू पार्टीका सबै छलफलमा सहभागी भएको तर यस विषयमा परामर्श प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कुनै कुरा नउठाएको बताएका हुन्।
‘सचिवालय बैठकमा पनि छु। स्थायी कमिटीको बैठक चलिरहेको छ। त्यहाँ पनि कुरा भएन। परामर्श पनि गरिएन,’ उनले भने।
यस विषयलाई पार्टीको स्थायी कमिटी बैठकमा जोडदार रुपमा उठाउने उनले बताए। मंगलबार बोलाइएको बैठकमा पार्टीको आन्तरिक विवादका कारण पूर्व माओवादी समूहबाट सभामुख बनेका अग्नि सापकोटा उपस्थित भएनन्।