November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेकपा एमालेले अझ सुधृढ ढंगले देशको नेतृत्व गर्छ: अध्यक्ष ओली

780

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ ।
मध्याह्न सवा १२ बजेपछि सुरु भएको विधान अधिवेशनमा
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले जुनसुकै ठाउँमा पुगेपनि राष्ट्रियताको कुरा उठाउने बताउदै चीनका राष्ट्रपति सी जीङ पीङसँग नेपालको लिपुलेकको सन्दर्भ उठाएको बताए ।

ओलीले नेकपा एमालेले देशको नेतृत्व गरेको र अझ सुधृढ ढंगले नेतृत्व गर्ने पनि बताए । ‘यस विस्वासका साथ अगाडि बढौं, उनको आग्रह थियो ।

Advertisement

महाधिवेशनमा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् भने उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै केन्द्रीय लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदको अलगअलग प्रतिवेदन पनि प्रस्तुत हुनेछन्।

शनिबार प्रतिनिधिहरूलाई १० वटा समूहमा विभक्त गरेर दस्तावेजमाथि छलफल गराइनेछ। आइतबार १० वटा समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्नेछन्।