November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम छः गृहमन्त्री लेखक

710

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक उद्घाटन समारोहमा बोल्दै उनले द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरीको हुने बताएका हुन् ।

गृहमन्त्री लेखले भने, ‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउछ । द्वन्द्व व्यवस्थापनमा,द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो ।’

यसअघि उनले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता रहेको बताए । उनले भने, ‘द्वन्द्वको प्रकृति फरक छ । जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो ।’

Advertisement

देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले बताए । ‘अहिलेसम्म नेपालमा सातवटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो होइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो,’ उनले भने ।

गृहमन्त्री लेखकले वर्तमान संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व हुने बताए । उनले भने,’ केही मान्छे संविधान असफल बनाउने षड्यन्त्र गरिराख्नुभएको छ । संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक छ ।’

संविधानले गरेको अधिकारको बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए ।