November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने

635

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयकाअनुसार उनी पाँच दिने चीन भ्रमणका लागि भदौ १४ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीको पाँच प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

त्यसपछि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नेछन् । त्यहाँ प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।