कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन...