November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बागमतीमा राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

1K

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको हो ।

राप्रपाले प्रदेशमा अब बन्ने काङ्ग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने वा नगर्ने अझै स्पष्ट पारिसकेको छैन । राप्रपासंग प्रदेशमा १२ मत रहेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार अपराह्न १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

Advertisement