April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल कराते महासंघका पूर्व अध्यक्ष लाखे एकीकृत समाजवादीमा प्रवेश

975

काठमाडौं । नेपाल कराते महासंघका पूर्व अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ओलम्पिक कमिटीको पूर्व उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा हाल बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखेले एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

त्यस्तै नेकपा एमालेको निवर्तमान ललितपुर जिल्ला सदस्य राजकुमार श्रेष्ठ पनि एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । लाखे र श्रेष्ठलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, निवर्तमान उपाध्यक्ष प्रमेश हमाल, निवर्तमान ललितपुर जिल्ला इन्चार्ज कृष्णलाल महर्जनको उपस्थितिमा नेकपा (एकीकृत समाजवादी) मा प्रबेश गराइएको हो।

नेकपा (एकीकृत समाजवादी), ललितपुर गोदावरी १४ का इन्चार्ज अन्जल महतका अनुसार लाखे सितेरियो करातेको नेपालको एकमात्र दन हुन्।

Advertisement