April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत

1.1K

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत भएको छ । सोमबार सदनमा विश्वासको मत लिने तयारी गरेका उनले अन्तिम समयमा विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख यादव शर्माले उनको राजीनामा स्वीकृत गरेका हुन् । जम्कट्टेलले सोमबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका हुन् ।

जमकट्टेलले राजीनामा दिएसँगै बागमतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेसले संसदीय दलका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्री बनाउने भएको छ ।

Advertisement