पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्त विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि प्रति ध्यानकर्षण गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मूल्यवृद्धिले नेपाली जनजीवनमा कठिन परिस्थिति सृजना गरेको भन्दै अविलम्ब फिर्ता गर्न दबाब दिइएको हो । ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा मुलुक चुनावमा होमिएको समयमा पारेर गरिएको मूल्यवृद्धि र त्यसले...