काठमाडौं । संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम मंगलबार अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन ।
बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।