April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्था हटाउन प्रदिप पौडेलको माग

2.5K

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्था हटाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था आउनु नहुनेमा जोड दिएका हुन् ।

पौडेलले ट्विटरमा लेखेका छन्, “मुलुकी अपराध संहिता २०७४, बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ । पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ । बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था छ।यस्ता अपराधमा समयसिमाको हदम्याद तोकिनु हुन्न ।”

केहि दिन अघि मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट जघन्य बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सन्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थाको चर्को बिरोध भैरहेको छ ।

Advertisement