April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पोखरामा नयाँ वर्ष विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्‍याली

2.5K

पोखरा । विश्व हिन्दू परिषद नेपालले नेपाली नयाँ वर्ष २०७९ को स्वागतमा पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । विहीबार परिषदको आयोजनामा सम्पन्न उक्त ¥यालीमा ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए ।

परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका बतए । उनले नववर्षलाई गौरवका साथ मनाउँनु पर्नेमा जोड दिए ।

त्यस्तै, शुभकामना मन्तव्य राख्दै हिन्दू स्वयंसेवक संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले नववर्ष प्रकृति सम्मत रहेको र बिक्रम सम्बत पात्रो अनुसार भगवान् सूर्य १२ वटा राशीमा एक–एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमा प्रवेश गरेर नयाँ वर्ष प्रारम्भ हुने बताए ।

Advertisement

कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेकसाइडबाट प्रारम्भ भई हल्लन चोक, जिरो कि.मि., विन्द्यवासिनी, सिम्पानी, बगर , महेन्द्रपुल, न्यूरोड , सिर्जनाचोक, राष्ट्र बैंकचोक, मुस्ताङ चोक, विरौटा हुँदै पुनः केदारेश्वरमा आएर सम्पन्न भएको थियो ।

परिषद्का कास्की जिल्ला अध्यक्ष राजु बरालको संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन रविन पौडेलले गरेका थियो ।