काठमाडौं । इन्धनको मूल्य बृद्धिबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । संसदहरुले छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका गराएका हुन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।
इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । इन्धनमा भारी मूल्यबृद्धि गरिएपछि अहिले सबैतिर चर्को आलोचना भइरहेको छ ।