April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रञ्जु दर्शनाले गरिन् विवाह

4.6K

काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले विवाह गरेकी छन् । दर्शनाले बुधबार किशु कुइँकेलसँग बुधबार विवाह गरेकी हुन् । दर्शना र कुइँकेलले गत फागुनमा इन्गेजमेन्ट गरेका थिए ।

दर्शना झण्डै साढे चार वर्ष विवेकशील साझा पार्टीमा आबद्ध थिइन् । विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन् ।

उनी २०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन् ।

Advertisement