April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी

2.8K

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्त विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि प्रति ध्यानकर्षण गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मूल्यवृद्धिले नेपाली जनजीवनमा कठिन परिस्थिति सृजना गरेको भन्दै अविलम्ब फिर्ता गर्न दबाब दिइएको हो ।

‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा मुलुक चुनावमा होमिएको समयमा पारेर गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ । बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनबिरोधि रवैयाले सिमा नाघेको हामीले महशुस गरेका छौं ।’, अध्यक्ष पंचा सिंहद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

युनियनले मुल्यबृदि खारेजीमा विलम्ब गरिए आन्दोलन मार्फत खारेजी गर्ने चेतावनी समेत दिएको छ । भनिएको छ, ‘पेट्रोल डिजेल ,मट्टीतेल, ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं । मूल्यवृद्धि खारेजीमा विलम्ब गरिए आन्दोलनमार्फत खारेजी गर्ने चेतावनी दिन चाहन्छौं ।’

Advertisement