मेक्सिको, कोस्टारिका र चिलीमा कोरोना विरुद्धको खोप अभियान सुरु
एजेन्सी–ल्याटिन अमेरिकी मुलुकहरु मेक्सिको, कोस्टारिका र चिलीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। मेक्सिकोकी आइसीयु नर्स मारिया इरिन रामिरेज कोरोना खोप पाउने ल्याटिन अमेरिकी मुलुकमै पहिलो व्यक्ति भएकी छन्। मेक्सिकोमा पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ। मेक्सिकोले फिजर–बायोएनटेकको खोपको ३ हजार डोजको पहिलो खेप भित्र्याएको छ। मेक्सिको अमेरिका, ब्राजिल र भारतपछि कोरोनाबाट सबैभन्दा बढी...