काठमाडौँ – डिसेम्बर महिनाको सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरैलाई आश्चर्यचकित पार्दै डिसेम्बर ५ देखि आफ्नो देशमा कोरोनाभाइरसविरुद्ध ठूलो परिमाणमा खोप कार्यक्रम सुरु हुने घोषणा गरे।
“खोपबारे मलाई मात्रै जानकारी दिनुभन्दा आगामी सातादेखि खोप दिन नै सुरु गरौँ,” उनले उपप्रधानमन्त्री तातियाना गोलिकोभालाई त्यसको केही दिनअघि भनेका थिए।”पक्कै पनि,” उनले उत्तर दिइन्।स्पुत्निक खोप सार्वजनिक गर्ने विषय साँच्चै सुरु भइसकेको छ। तर यसबारे सर्वसाधारणहरूको संशय व्यक्त गरिरहेका छन्।
विश्वभरि लाखौँको मृत्युको कारण बनेको कोरोना भाइरस विरुद्धको खोप लगाएर बस्न आखिर किन रुसीहरू आनाकानी गरिरहेका छन् त?मस्कोमा बस्ने रुसीहरूका लागि खोप लगाउने काम सहज नै देखिन्छ। उनीहरूले एउटा वेबसाइटमा गएर खोपका लागि आफ्नो नाम दर्ता गर्न सक्छन्।
सुरुमा १८ देखि ६० वर्षका चिकित्सकीय सेवामा लागेका, शिक्षक र सामाजिक सेवामा लागेका मानिसहरूलाई खोप दिइएको थियो।खोप निःशुल्क रूपमा उपलब्ध गराइएको थियो र मस्कोका नगरप्रमुखको कार्यालयका अनुसार ५,००० मानिसले सुरुका केही घण्टामै आफ्नो नाम दर्ता गरेका थिए।
मस्कोको एउटा खोप केन्द्रमा उपस्थित केही यस्ता सर्वसाधारण थिए जो खोपबारे पूर्ण रूपमा विश्वस्त थिए। तर सङ्ख्या कम हुनुले त्यस्तो विश्वास सबैमा नरहेको सङ्केत गर्छ।
सुरुमा खोप दिइने भनिएकाभन्दा फरक समूहका मानिसहरूलाई समेत खोप दिइएको प्रमाण छन्। धेरैले आफूहरूलाई खोप प्राप्त गर्ने समूहमा रहेको प्रमाणित गर्नका लागि आवश्यक पर्ने कागजपत्र पनि नमागिएको बताए।स्रोत बिबिसी