April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अमीरले लगाए कोरोना बिरुद्धको पहिलो खोप

2.1K

दोहा- कतारका अमीर शेख तमीम बिन हमाद अल थानीले पनि कोरोना बिरुद्धको पहिलो खोप लगाएका छन् ।

कतारमा फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरूद्धको खोप सुरु भएसंगै बुधबार अमीर थानीले पनि खोप लगाएका हुन् ।

‘मैले कोभिड-१९ विरुद्धको खोप लिएँ, म सबैलाई यस महामारीबाट सुरक्षित रहन कामना गर्दछु,’ अमिरले आफ्नो इन्स्टाग्राम तस्वीरसहित पोष्ट गरेको पेनिन्सुला पत्रिकाले जनाएको छ ।

Advertisement

कतारमा कोभिड १९ खोप अभियानमा एक हप्तादेखि जारी रहेको र खोप पश्चात कुनै गम्भीर साइड इफेक्ट देखानपरेको जनाएको छ ।

खोप लिनेहरूको थोरै संख्याले इन्जेक्शन साइटमा कम ग्रेड ज्वरो, हल्का टाउको दुख्ने, थकान र दुखाइ जस्ता धेरै सामान्य साइड इफेक्टहरू आएको बताएका छन् जुन सामान्यतया अन्य खोपहरूसँग देखिन्छ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्नेछ ।