April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा आपतकालीन प्रयोगका लागि स्वदेशी खोपलाई अनुमति

3.4K

काठमाडौँ – भारत सरकारले थप एक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

हिजो भारत सरकारले स्वदेशी कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

यसअघि भारत सरकारका विशेषज्ञ समूहले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपलाई मान्यता दिएको थियो ।

Advertisement

भारतीय कम्पनी भरत बायोटेकको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई लिएर केही प्रश्नहरु उठेपछि त्यस विषयमा भारत सरकारले थप अध्ययन गर्ने पनि बताएको छ ।

भारतले यस वर्षको जुनसम्म ३० करोड मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।