पीपल ग्रुपद्वारा मुगुका ३२५ जना विद्यार्थीलाई पोशाक सहयोग
पूर्ण गुरुङ लण्डन । बेलायतमा मोर्गेज, प्रोटेक्सन्स, होम इन्स्योरेन्स, कमरशियल फाइनन्स, विल्स तथा प्रोेपर्टी सेल्स, लेटिङ्गस तथा म्यानेज्मेन्टलगायतका सेवाहरु प्रदान गर्दै आएको पीपल ग्रुपले मुगुको मुगुम कार्माराङ गाउँपालिकामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत ३२५ विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ । टिसर्ट, पाइन्ट, जुत्ता, मोजा र ज्याकेटसहितको उक्त पोशाक गत बुधबार २७ जुलाईका दिन...