लण्डन । बेलायतको रशमूर बरो काउन्सिलका एक जना नेपाली मूलका काउन्सिलरले अन्तराष्ट्रिय कुटनितिक सम्बन्ध सम्बन्धी भियना सन्धीको उलङ्घन गरी नेपाल राष्ट्रको अपमान गर्ने प्रयास गरेका छन् ।
दक्षिण–पश्चिम इङल्याण्डको ह्यामशायर काउण्टीअन्तर्गत पर्ने रशमूर बरो काउन्सिल एउटा स्थानीय सरकार हो । यसले बेलायत र अन्य देशबीचको कुटनीतिक सम्बन्धलाई नियन्त्रण गर्न तथा कुटनीतिज्ञहरुलाई निर्देशन वा चेतावनी दिने अधिकार राख्दैन । तर काउन्सिलर नेम थापाले हालै रशमूर काउन्सिलको तर्फबाट बेलायतको लागि नेपाल राष्ट्रको प्रतिनिधित्व गर्ने नेपालका राजदूतविरुद्ध एउटा वक्तव्यमा हस्ताक्षर गरेका छन् । वक्तव्यमा राजुदूतलाई चेतावनीसहित निर्देशन दिइएको छ । एउटा स्वतन्त्र देशका कुटनीतिक नियोगका प्रमुखलाई स्थानीय सरकारको तर्फबाट भन्दै यस प्रकारको कार्य गर्नु भनेको उक्त कुटनीतिज्ञले प्रतिनिधित्व गरेको देशको मर्यादालाई अवमूल्यन गर्नु हो ।
बेलायतका लागि नेपालका वर्तमान राजदूत नेपालका एक्स्ट्राअर्डिनरी पेलेनी पोटेन्सरी हुन । उनलाई बेलायतमा कसैले निर्देशन वा चेतावनी दिन मिल्दैन । उनी नेपालको परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारको निर्देशन लिन्छन । सार्वभौम देश नेपालका उच्च कुटनीतिज्ञको कुनै पनि कार्यमा बेलायतको सरोकार भएमा बेलायतको स्थानीय सरकारले होइन महारानीको तर्फबाट विदेश मन्त्रालयमार्फत पत्राचार गरिन्छ । काउन्सिलरको यस्तो कार्यले नेपाल र नेपालीलाई अपमान गरेको छ ।
गत शनिबार ६ अगस्टको दिन एउटा विवादास्पद कार्यक्रममा आउन अस्वीकार गरेका राजदूतविरुद्ध “स्थानीय संघ–संस्थाको तर्फबाट” भन्दै कार्यक्रममा उपस्थित ३३ जनाले हस्ताक्षर गरेका थिए । उक्त पत्रमा तमु धीं यूके र मगर संघ यूके लगायतको नाम भएपनि ती संस्थाका अध्यक्षहरुले राजदूतविरुद्ध लेखिएको पत्रमा आफ्नो संस्थाको संम्लग्नता नभएको बताएका छन् । पत्रमा संस्थाहरुको तर्फबाट भनिए पनि विवादास्पद व्यक्तिहरुले मात्र उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।
बेलायतमा दर्ता भएका र गतिविधि गर्ने कम्तिमा ५०० भन्दा बढि संस्थाहरु छन् । ती कुनै पनि संस्थाहरु शनिवार एनआरएनएका नाममा आयोजित उक्त विवादास्पद कार्यक्रममा गएनन् ।
सम्बन्धित समाचार: