लन्डन । बेलायतको रशमूर बरो काउन्सिलका एक नेपाली मूलका काउन्सिलर नेम थापाले गत शनिबार “एनआरएनए युकेको” भनिएको भेलापछि प्रकाशित वक्तव्यमा आफूले भुल गरेको भन्दै माफी मागेका छन् । थापाले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई एक पत्र पठाउँदै आफू उक्त भेलामा काउन्सिलरको रुपमा नभएर एनआरएनए यूकेको सल्लाहकारको रुपमा उपस्थित भएको बताएका छन्।
“यदि यसबाट तपाईं [राजदूत] र पुरै दूतावास परिवारलाई कुनै असुविधा पुगेको भए कृपया मेरो हार्दिक क्षमा याचना स्विकार्नु होला,” थापाले पत्रमा लेखेको कुरा हिजो सोमबार नेपाल ब्रिटेन डट कमले उदघृत गरेको छ ।
थापाले उक्त पत्रको जानकारी आफ्नो काउन्सिलका लिडरहरु र संचार माध्यमलाई पनि उपलब्ध गराएको जनाएको बुझिएको छ।
एनआरएनए यूकेका २४ जना सदस्य तथा पदाधिकारीहरुले संघका अध्यक्ष प्रेम गाहा मगरले गत अगष्ट ६ तारिखमा एकतर्फी रुपमा बोलाएको साधारण सभामा भाग नलिन सामुहिक वक्तव्य निकालेका थिए ।
उक्त सूचना पाएपछि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य उक्त कार्यक्रममा गएनन्। उक्त विवादास्पद कार्यक्रममा आउन अस्वीकार गरेका राजदूत विरुद्ध स्थानीय संघसंस्था भन्दै कार्यक्रममा उपस्थित केहीले हस्ताक्षर गरेका थिए । उक्त पत्रमा तमु धीं युके तथा मगरसंघ यूके लगायतको नाम भएपनि ती संस्थाका अध्यक्षहरुले राजदूतविरुद्ध लेखेको पत्रमा आफ्नो संस्थाको संलग्नता नभएको जनाएका छन् ।
के भएको थियो गत शनिबार अगस्ट ६ मा ? (पुरा समाचार)