एनआरएनए यूकेको साधारण सभा अक्टोबर १८ मा हुँदै
लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी १८ अक्टोबरको दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । संघको कार्यसमितिको गत सेप्टेम्बर २१ मा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । उपाध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षतामा बसेको बैठकले वर्तमान असामान्य परिस्थितिमा संघको विशेष साधारण सभा एनआरएनए आइसीसी र पञ्जिकृत सदस्यहरुको चाहाना बमोजिम निर्धारित...