बेलायत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चा बेलायत शाखाको संयुक्त सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट १० जातीय मुक्ति मोर्चाहरू गठन भएका छन् ।
जसअन्तर्गत दिनेश कुमारको संयोजकमा मधेशी मुक्ति मोर्चा बेलायत गठन भएको छ । मोर्चामा ३ सदस्य आवद्ध छन् ।
यस्तै, पासाङ हेल्मोको संयोजकमा ५ सदस्य आवद्ध हेल्मो मुक्ति मोर्चामा बेलायत गठन भएको छ भने जित छन्त्यालको संयोजकमा ५ सदस्सयीय छन्त्याल मुक्ति मोर्चा बेलायत गठन भएको छ ।
दावा तामाङको संयोजकमा १५ सदस्सीय तामाङ मुक्ति मोर्चा बेलायत गठन भएको छ भने पासाङ छिरिङ ढोक्प्या शेर्पाको संयोजकमा शेर्पा मुक्ति मोर्चा बेलायत गठन भएको छ । मोर्चामा ९ सदस्य आवद्ध छन् ।
यस्तै, भरत तुम्बाहाम्फेको संयोजकमा लिम्बु मुक्ति मोर्चा बेलायत गठन भएको छ । मोर्चामा १३ सदस्य आवद्ध छन् । रविना श्रेष्ठको संयोजकमा नेवा मुक्ति मोर्चा बेलायत गठन भएको छ । मोर्चामा १५ सदस्य आवद्ध छन् । बिर बलाल मगरको संयोजकमा मगर मुक्ति मोर्चा बेलायत गठन भएको छ । मोर्चामा १४ सदस्य आवद्ध छन् । दिपक गुरुङको संयोजकमा तमु मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा २७ सदस्य आवद्ध छन्। बिनोद राईको संयोजकमा किरात राई मुक्ति मोर्चा बेलायत गठन भएको छ। मोर्चामा ४४ सदस्य आवद्ध छन् ।
सम्मेलनको उत्घाटन सत्रमा मन्चमा आसिन माओवादी नेता तथा युरोप इन्चार्ज रन केसी, केन्द्रिय सदस्य कृष्ण कुमार राई, माओवादी नेता सुरेन्द्र श्रेष्ठ, युरोप कमिटि सचिब तुल छन्त्याल, नेफिन युकेका अध्यक्ष मेजर योगेश राई, नेफिन केन्द्रका संस्थापक सचिव भक्त बहादुर दुरा, प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष पशुपति पोखरेल र संघीय समाजवादी पार्टीका बिज्ञ समिति सदस्य विश्वासदीप तिगेलाले शुभकामना मन्तब्यलगायत आफ्ना कुरा राखेका थिए ।
अतिथिको आसनवाट नेता वसन्त राईले माओवादी पार्टीमा आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको वारेमा आवाज आदिवासी नेताहरुले भन्दा गैरआदिवासी नेताहरुले उठाएको जिकिर गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि तथा पूर्वसभामुख ओनसरी घर्तिमगरले कार्यक्रममा उठेका प्रश्नहरुको जिज्ञासाहरुको सटिक उत्तर दिदै आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको अधिकार प्राप्त गर्नका लागि आदिवासी, महिला, दलित र पिछिडिएको वर्ग एक भएर आन्दोलन गरेमात्र सफल हुने बताएका बताएकी थिइन् । उनले नेपाली नागरिकताको निरन्तरता र भूतपूर्व गोर्खाहरुको पेन्सनको समस्या समाधान गर्नको लागि पनि टुटफुट नभइकन एक भएर आन्दोलन गर्नपर्ने सुझाव दिएकी थिइन् । त्यस्तै आदिवासी जनजाति संगठन तथा जातीय संगठनहरु पनि टुटफुट नभैकन एक ढिक्का भएमात्र आन्दोलनलाई वल पुग्ने बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि तथा पूर्वमन्त्री राम कार्कीले आदिवासी, महिला, दलित र पिछडिएको वर्गको अधिकार एकल जाति र पार्टीले मात्र आन्दोलन गरेर पर्याप्त नहुने बताएका थिए ।