काठमाडौं । बेलायतमा नवौं वार्षिक बी–१३ कप आयोजना हुने भएको छ । २ अगस्ट २०२५ मा बेलायतको स्प्रिंगवेस्ट, फेल्थाम एकेडेमी कपको आयोजना हुनेभएको हो ।
२०२५ का लागि उमेर १६ माथिको उमेर समूहअन्तर्गतको भेटेरन्स कप, उमेर ३६ वर्षमाथिको उमेर समूहअन्तर्गतको गरी प्रमुख दुई श्रेणीहरू छन् । जसमा १६ वर्ष माथिका उमेर समूहरको विजेताले २ हजार २५ पाउण्ड, ट्रफी, पदकहरू प्राप्त गर्नेछन् भने उपविजेताले ८ सय २५ पाउण्डसहित व्यक्तिगत मेडल प्राप्त गर्नेछन् । यस्तै, भेटरन्स् तर्फका विजेताले १ हजार २५ पाउण्ड, ट्रफी र मेडलहरू प्राप्त गर्नेछ भने उपविजेताले ८ सय २५ पाउण्डसहित व्यक्तिगत मेडलहरु प्राप्त गर्नेछ ।
दुवै प्रतियोगितामा उत्कृष्ट किपर, उत्कृष्ट गोल स्कोरर र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
यो बेलायतको सबैभन्दा सम्मानित ग्रासरुट फुटबल प्रतियोगिताहरू मध्ये एक हो । आयोजकहरुले स्वतःस्फुर्त रूपमा व्यवस्थित र गैर–नाफामुखी रूपमा सञ्चालन हुँदै आएको यस खेलले फुटबलको प्रेमलाई सामुदायिक प्रभावसँग संयोजन गर्ने आफ्नो मिशनलाई निरन्तरता दिँदै आएको छ ।
प्रतिस्पर्धात्मक खेलहरूको अतिरिक्त, प्रतियोगिताबाट प्राप्त हुने सबै नाफा परोपकारी कार्यहरू र आवश्यक कार्यक्रमहरुमा खर्च गर्दै आएको छ । पारदर्शिता र सद्भावनाको विरासतलाई कायम राख्दै बी–१३ कपको लागि परिचित पनि छ ।
यस प्रतियोगिताको प्रमुख प्रायोजकहरू रेड प्यारोट, डोको कन्ट्रक्सन, एनएमयू, नमस्ते गोर्खा, केटिएम रक्स्, पीजी टिम्बरवुड, सरोज थेरापी, मोर्गेज, आरके अटोर्वक्स्, फ्याट फेड, शुभ इभेन्ट्स, एजी भिजुअल, शुभ इभेन्ट्स्, ब्ल्याकवाटर अटोर्वक्स्, इङ्क्स् इन्स् ट्याटु, फ्याट् फेड र मनिष ड्राइभिङ हुन् ।




