March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

पत्रकार महासंघ यूकेको विवाद केन्द्रीय समितिको बैठकमा, शाखा खारेजीको माग

1.1K

लण्डन ।

विगत एक वर्षदेखि विवादमा रहेको नेपाल पत्रकार महासंघ यूकेको समस्या महासंघको केन्द्रीय समितिसम्म पुगेको छ।

pinup pin up pin up pinup

हालै पोखरामा सम्पन्न महासंघको पूर्ण बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बेलायतसहित विदेशस्थित शाखामा देखिएको विवाद समाधान गर्न अध्यक्ष निर्मला शर्मासँग माग गरेका थिए।

Advertisement

केन्द्रीय सदस्य भूपराज बस्यालले बेलायत शाखाको गत वर्ष स्थगित गरिएको ५औं महाधिवेशनपछि उत्पन्न विवाद अन्त्य गर्न केन्द्रले स्पष्ट पहल गर्नुपर्ने बताएका थिए। उनले नेपाल पत्रकार महासंघ संघीय अभ्यास गर्ने पहिलो संस्थाको हैसियतमा बेलायत शाखामा देखिएको समस्याबारे बैठकमा धारणा राखेका थिए।

बैठकमा धारणा राख्ने अन्य सदस्यहरूले पनि विदेश शाखाहरूमा देखिएका समस्या समाधानका लागि स्पष्ट दिशा–निर्देश माग गरेका थिए। उपाध्यक्ष दीपक आचार्यले यूके लगायतका देशमा अधिवेशनसँग सम्बन्धित विवाद रहेको स्वीकार गरेका थिए। अध्यक्ष शर्माले शाखामा देखिएको विवाद पदाधिकारीबीच छलफल गरेर समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन्।

केन्द्रीय समितिको बैठकमा छलफल भए अनुसार, बेलायत शाखामा भएको विवादपछि बिमला सेनेको नेतृत्वमा रहेको समूहले गैर-पत्रकारहरूसँग भर्चुअल प्रशिक्षण कार्यक्रम आयोजना गरेर आफ्नो वैधता दाबी गरेको छ।

‘पत्रकारिता क्षेत्रमा प्रविधिको बढ्दो प्रयोग र प्रभावबारे सचेतना’ भन्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले प्रशिक्षण दिएका थिए।

तर उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अधिकांश सदस्य, संस्थापक तथा पूर्वअध्यक्षहरूको अनुपस्थिति देखिएको थियो। प्रशिक्षणपछिको अन्त्य सत्रमा प्रश्न–उत्तर कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जहाँ सहभागीहरूले आफ्ना जिज्ञासा र अनुभव आदान–प्रदान गरेका थिए।

महासंघ यूकेको ५औं महाधिवेशन केन्द्रको परिपत्रद्वारा स्थगित गरिए पनि पूर्वअध्यक्ष नरेश खपांगी मगरले प्रक्रियाविहीन निर्वाचनमार्फत बिमला सेनेलाई अध्यक्ष घोषणा गरेपछि विवाद सुरु भएको थियो।

त्यसपछि, शाखाका धेरै सदस्यहरूको भेलाले दिनेश परियारको संयोजकत्वमा ‘महाधिवेशन तयारी समिति’ गठन गरेका थिए। प्रेस युनियन बेलायत शाखाले उक्त महाधिवेशनको बहिष्कार गर्दै नेपाल पत्रकार महासंघ केन्द्रमा औपचारिक उजुरी दर्ता गरेको थियो।

नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष विपिन निरौलाले हाल ५औं महाधिवेशनको तयारी अन्तिम चरणमा रहेको र आगामी केही साताभित्र नयाँ कार्यसमिति गठन गरिने जानकारी दिएका छन्।