March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

बेलायती र्‍यापरको ठक्करबाट मृत्यु भएका युविनको शव नेपाल पठाउन सहयोग अपिल

२०८२ कार्तिक १३

1.8K

लन्डन । दुर्घटनामा परी बेलायतमा एक नेपाली विद्यार्थीको मृत्य भएको छ । कार दुर्घटनामा परी धरान उपमहानगरपालिका – ११ का २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको हो ।

अध्ययनका लागि करिब एक वर्षअघि बेलायत आएका तामाङ युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनमा बीएस्सी बिजनेस म्यानेजमेन्ट विषयको दोस्रो वर्षमा अध्ययनरत थिए ।

pinup pin up pin up pinup

चर्चित बेलायती र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल)ले चलाएको कारले ठक्कर दिँदा भएको बताइएको छ । बेलायती प्रहरीले उनलाई हिरासतमा लिएर खतरनाक ढंगले सवारी चलाउँदै गम्भीर चोट पु¥याएको अभियोग दर्ता गरेको पुष्टि गरेको छ ।

Advertisement

एनआरएनए यूकेका अनुसार युविन आफ्ना बाबुआमा विकास तामाङ र शर्मिला मगर तामाङका एक्ला छोरा थिए । परिवारले धार्मिक परम्पराअनुसार अन्त्येष्टि नेपालमै गर्न चाहेका कारण एनआरएनए यूकेसँग गरेको आग्रहपछि संस्थाले शव नेपाल लैजाने उद्देश्यले चन्दा संकलन अभियान सुरु गरेको छ ।

नेपाली समुदायलाई आर्थिक, नैतिक र सामाजिक सहयोगका लागि अपिल गर्दै सहयोग गर्न इच्छुकले नोभेम्बर ९ सम्म निम्न खातामा रकम जम्मा गर्न एनआरएनए यूकेले आग्रह गरेको छ ।