प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब प्रतिनिधि सभा समक्ष विश्वासको मत लिनुपर्ने भएको छ । राप्रपाले मन्त्रिपरिषद् त्याग्ने निर्णय गर्दै चार मन्त्रीले राजीनामा बुझाएसँगै प्रचण्डले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । राप्रपाले समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । संविधान अनुसार मन्त्रिपरिषद्मा सहभागी राजनीतिक दलले मन्त्रिपरिषद् त्याग गरेमा विश्वासको मत लिनुपर्ने...