पाँचथर । पाँचथरमा आगलागीमा परि दुईजना बालकको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं। ७ मा आगलागीमा परेर दुईजना बालकको मृत्यु भएको हो । आगलागीमा परेर मृत्यु हुनेमा ५ वर्षीय सेसेयाङ पन्थाक र ४ वर्षीय निशान खाती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अभिभावकहरु घरबाहिर काममा भएका बेला आगलागी हुँदा ती बालकहरुको मृत्यु भएको छ । दिउँसो साढे ४ बजेतिर घरमा आगलागी भएको र आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ ।
जिल्ला प्रहरीका कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले फिदिम घर भएका निशान खाती मामाघर आएका बेला आगलागीमा परेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए ।