June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राप्रपा सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने

२०७९ फाल्गुन १३

945

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । साथै राप्रपाले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो ।

Advertisement

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।