April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

एमाले सरकारबाट बाहिरिन सक्ने

२०७९ फाल्गुन १२

1.1K

काठमाडौं । एमाले बाहेकका सत्ता साझेदार दलसहितका आठ दलले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेसँगै नेकपा एमालेभित्र हलचल मच्चिएको छ । एमाले सरकारबाट बाहिरीने संकेत देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई सरकारबाट बाहिरिनेबारे जानकारी गराएको बुझिएको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिने मोडमा पुगेको हो । एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा मन्त्रीहरु सहभागी छन् । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।

आठ दलीय निर्णयलगत्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको आरोप लगाएका छन् । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै नयाँ राजनीतिक यात्राको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

नयाँ निर्णयसँगै गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन औपचारिक रूपमै टुटेको छ । सत्ता गठबन्धन दलले नै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेसँगै एमाले नेतृत्वको गठबन्धन ६१ दिनमै टुट्ने अवस्थामा पुगेको हो । मंसिरमा सम्पन्न आम निर्वाचनपछि पुस १० मा नेकपा एमालेको नेतृत्वमा सात दलीय गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उक्त गठबन्धनमा एमाले,माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति राप्रपा र रास्वपा सहभागी थिए ।