काठमाडौं । नेपाल डेमोक्र्याट युनियनले रूसले छिमेकी मुलुक युक्रेनमाथि हस्तक्षेप गरेजस्तै नेपालमाथि विस्तारवादी कम्युनिष्ट मुलुक चीनले हस्तक्षेप बढाउँदै लगेकोमा चिन्ता ब्यक्त गरेको छ । शुक्रबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै नेपाललाई कम्युनिष्ट पार्टीमुक्त देश बनाउन आब्हान गरेका छन् ।
रूसभन्दा चर्को सर्वसत्तावादी कम्युनिस्ट चीनसँग सीमा जोडिएको मुलुक नेपालमा निरन्तर बढ्दै गएको सर्वसत्तावादी कम्युनिस्ट प्रभाव र चीनको नांगो हस्तक्षेप नेपाल र नेपालीका लागि भयावह अभिशाप भएको अध्यक्ष गौतमको दावी छ ।
विज्ञप्तिमा भनिएको छ,‘तिब्बतले युक्रेनको नियती विगतमा भोग्दा सारा विश्व चुप लागेर बस्यो। त्यसैको नियति आज युक्रेनले भोग्दैछ। अब पनि ठूला कम्यूनिष्ट राष्ट्रको विस्तारवादको विरोध प्रजातान्त्रिक विश्वले गरेन भने सानो राष्ट्रको भविष्य अन्धकारमय हुनेछ। यसबाट कम्युनिष्ट चीनको विस्तारवादी नीतिबाट नेपाल पनि मुक्त हुने छैन। उक्रेनको घटनाबाट गम्भीर पाठ सिकेर नेपाललाई यथाशीघ्र कम्युनिस्टमुक्त मुलुक नबनाउने हो भने निकट भविष्यमा नेपाल र नेपालीले उक्रेनको नियति भोग्नुको विकल्प बाँँकी रहनेछैन। नेपाल डेमोक्रेट युनियन यसतर्फ सम्पूर्ण नेपाली जनताको ध्यानाकर्षण गर्न चाहन्छ।’
प्रेस(वक्तव्य
‘युक्रेनको साथमा हामी सधैं रहन्छौं’
सर्वसत्तावादी कम्युनिस्ट रूसले छिमेकी मुलुक उक्रेनमाथि निर्लज्ज एवं वर्वर आक्रमण गरेको एक वर्ष पूरा भएको छ । यसबीच उक्रेनलाई पूरै तहसनहस पार्न र उक्रेनी जनताको निर्मम नरसंहार गर्न रूसले कुनै कसर बाँकी राखेको छैन। मानवता विरुद्धको यो जघन्य अपराधका लागि कम्युनिस्ट रूस वारक्राइमको रुपमा कठोर सजायको भागी छ। युद्ध अपराधी रुसलाई कम्युनिष्ट चीनले पनि हतियार सप्लाई गरिरहेको सूचना प्राप्त भइरहेको छ जो साह्रै निन्दनीय छ। यस्तो कठिन समयमा पनि मुलुकको सार्वभौमसत्ता अक्षुण्ण राख्दै कम्युनिस्ट रूसलाई मुँहतोड जवाफ दिइरहेका उक्रेनी जनता र उनीहरूप्रति सक्रिय ऐक्यबद्धता जनाउने प्रजातान्त्रिक विश्व समुदायप्रति प्रजातन्त्रप्रेमी नेपाली जनताका तर्फबाट नेपाल डेमोक्रेट युनियन हार्दिक अभिवादन गर्दछ।
रूसभन्दा चर्को सर्वसत्तावादी कम्युनिस्ट चीनसँग सीमा जोडिएको मुलुक नेपालमा निरन्तर बढ्दै गएको सर्वसत्तावादी कम्युनिस्ट प्रभाव र चीनको नांगो हस्तक्षेप नेपाल र नेपालीका लागि भयावह अभिशाप हो। तिब्बतले युक्रेनको नियती विगतमा भोग्दा सारा विश्व चुप लागेर बस्यो। त्यसैको नियति आज युक्रेनले भोग्दैछ। अब पनि ठूला कम्यूनिष्ट राष्ट्रको विस्तारवादको विरोध प्रजातान्त्रिक विश्वले गरेन भने सानो राष्ट्रको भविष्य अन्धकारमय हुनेछ। यसबाट कम्युनिष्ट चीनको विस्तारवादी नीतिबाट नेपाल पनि मुक्त हुने छैन। उक्रेनको घटनाबाट गम्भीर पाठ सिकेर नेपाललाई यथाशीघ्र कम्युनिस्टमुक्त मुलुक नबनाउने हो भने निकट भविष्यमा नेपाल र नेपालीले उक्रेनको नियति भोग्नुको विकल्प बाँँकी रहनेछैन। नेपाल डेमोक्रेट युनियन यसतर्फ सम्पूर्ण नेपाली जनताको ध्यानाकर्षण गर्न चाहन्छ।