क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शुक्रबार
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शुक्रबारको लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी शुक्रबारको लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको...