June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राष्ट्रपति पद कांग्रेसले पाउने संकेत

२०७९ फाल्गुन १२

1K

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’ उनले राष्ट्रपतिको विषयमा ठोस निर्णय पाँच बजे बस्ने बैठकले गर्ने बताए ।

उनले भने, ‘हामीले एजेण्डासहित राष्ट्रिय सहमति भनेर प्रस्ताव पार्टीबाट अघि सारेका छौं । एमालेसहित सबै दलहरुसँग छलफल हुन्छ। तानातानको अवस्था होइन । सहकार्यको अवस्था छ । राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी छाडेर सबै पार्टीहरु जिम्मेवार भएर लाग्नुपर्छ ।’

Advertisement

यता, नेपाली कांंग्रेसका सांसद एवं प्रवक्ता डा.प्रकाशशरण महतले पनि नेपाली कांंग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिनुभएको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन् । सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँंग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताए । उनले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गरे ।