April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रपतिबारे चार दलको बैठक : कांग्रेसको अडान कायमै

२०७९ फाल्गुन १२

1.1K

काठमाडौं । राष्ट्रपतिबारे चार दलको बैठक सकिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको थियो । छलफल फेरि साँझ अपरान्ह ५ बजे बस्ने गरी सकिएको हो ।

आन्तरिक छलफल गरेर दलहरू फेरि शुक्रबार साँझ ५ बजे बैठक बस्ने तयारी भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए ।

‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे फेरि अर्को बैठक बसेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं,’ महामन्त्री थापाले बालुवाटारमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भने ।

Advertisement

त्यस्तै, थापाले राष्ट्रपतिबारे विभिन्न कोणबाट छलफल भएको र त्यो सकारात्मक भएको बताए । यद्यपी, चार दलको छलफलमा कांग्रेसले आफ्नो अडान कायम राखेको छ । आफ्नै उम्मेदवारलाई सघाउन कांग्रेसको अडान छ । राष्ट्रपतिमा आफूलाई सघाएमा माधव कुमार नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ ।