March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

निर्वाचन आयोगमा महन्थको काउण्टर पत्र- उपेन्द्रको नाम दर्ता किताबबाट हटाइयोस्

1.9K

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले यादवको नाम हटाउन आयोगलाई काउण्टर पत्र पठाएका हुन् ।