काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका ईश्वर पोखरेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २३ वर्षीय पोखरेलले युके पठाउँछु भनेर ३६ लाख ठगेको अनुसन्धानबाट खुलेको हो । उनले क्यानडा पठाउँछु भनेर १० लाख ५१ हजार रकम असुलेको पाइएको छ ।




