November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एल.बी नेम्बाङको कृति ‘मुयेङ केए:प्पा याप्मिहा?’ विमोचित

2K

काठमाडौं । निबन्धकार योगी एल.वी. नेम्बाङको याक्थुङ भाषामा प्रकाशित पहिलो निबन्ध कृति ‘मुयेङ केएःप्पा याप्मिहा? (मुस्कुराउने मानिसहरू)’ को विमोचन भएको छ ।

गत मङ्गलबार फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान पान्थरको आयोजनामा पान्थरको राँकेमा गणतन्त्र नेपालका पहिलो कुलपति मुन्धुमविद वैरागी काइँलाले कृतिको विमोचन गरेका थिए ।

फाल्गुनन्द गाउँपालिकामातहत रहेको प्रतिष्ठानले आयोजना गरेको साहित्य महोत्सवको अवसरमा निबन्ध सङ्ग्रह लोकार्पण भएको निबन्धकार निशेष आङ्देम्बेले जनाए ।

Advertisement

कार्यक्रममा विमोचित कृतिमाथि प्रमुख अतिथि काइँलाले लामो सारगर्भित मन्तव्य दिएका थिए । उनले पुस्तकमा विशेषतः योग दर्शन, लिम्बुवान आन्दोलनका नेता एवम् भाषाका सर्जक वीर नेम्वाङ, ज्योतिषशास्त्री र भाषाविद् रन्ध्वोज नेम्वाङको जीवनी समावेश भएकोले किताब महत्त्वपूर्ण भएको प्रतिक्रिया दिए ।

कार्यक्रम फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति समदर्शी काइँला (मनकुमार लाओती) को अध्यक्षतामा सम्पन्न भएको थियोे ।