March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा मतपत्र पुर्‍याइयो

1.3K

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा मतपत्र पुर्‍याएको छ । शुक्रबारसम्म सात वटै प्रदेशमा मतपत्र पुर्‍याइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ भने पालिका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्रहरू छापिएका छन् ।

pinup pin up pin up pinup

कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू छन् ।

Advertisement

लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरू छन् ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । १९ पदका लागि आठ दलको तर्फबाट ५२ जना उम्मेदवार छन् ।